विवाहको उपहार आँखादान


क सय जना निम्तालुले आँखा दान गरे 
काभ्रे, जेष्ठ १ - विवाहका निम्तालुले न पुष्पगुच्छा दिएका थिए, न कुनै भौतिक सामग्री । तर पनि आफूहरूले पाएको उपहारकै कारण शनिबार विवाहित एक जोडीको खुसीको सीमै रहेन ।
किनकि, उदयपुर, पञ्चावती- ४ का २८ वर्षे सुशील ढुंगाना र काभ्रे, पुरानागाउँ- २ दाप्चाकी २१ वर्षीया सरिता थापाको बनेपास्थित चण्डेश्वरी मन्दिरमा भएको विवाहका सय जना निम्तालुले मृत्युपर्यन्त आँखादान गरे । उनीहरूले नवविवाहित दम्पतीलाई आँखादान इच्छापत्रको फाराम भरी उपहारस्वरूप बुझाए ।
'निमन्त्रणा कार्डमै दाम्पत्य जीवनको शुभकामना दिनुहुन्छ भने आँखादान दिनुहोस् भनिएको रहेछ,' काठमाडौं- ३४ बानेश्वरकी मधु पौडेलले भनिन्,  'मलाई यो निकै राम्रो लाग्यो, त्यही भएर आँखादान नै उपहार दिएँ ।'
यसरी उपहार दिनेमा केटा/केटी दुवै पक्षका थिए । 'मेरो विवाहले सामाजिक सेवाको कुनै पाटोमा महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने सोच राख्दै आएको थिएँ । आज त्यो मेरो सोचले मूर्तरूप पायो,' दुलाहा ढुंगानाले भने, 'भौतिक सामान उपहार लिएको भए, त्यो हाम्रा लागि मात्रै हुन्थ्यो । आज २ सय जनाले यो संसार देख्न पाउने भएका छन् । यो नै हाम्रा लागि ठूलो उपहार भयो ।'
दुलाही थापाले दुवै जनाको सल्लाहमा यो योजना बताएको सुनाइन् । 'मान्छे एक दिन मर्छ,' उनले भनिन्, 'बाँचुञ्जेल आफ्ना लागि मात्रै होइन अरूका लागि पनि केही गर्नुपर्छ भनेरै यो काम गरेका हौं ।'
मन्दिरमै भएको अर्को विवाहका निम्तालुहरूले पनि यस कामको प्रशंसा गरे । 'नेताहरू सामाजिक क्रान्ति गर्छौं भनेर बोल्छन् मात्रै,' उपहार दिएको नियालिरहेका सँगैको विवाहका निम्तालु रामेश्वर खड्काले भने, 'यस्तो पो विवाह ।'
विवाहमा आएको उपहार तिलगंगा आँखा अस्पताललाई बुझाइने जानकारी दुलाहा-दुलहीले दिए । अस्पतालका आँखा बैंक म्यानेजर शंकरनारायण ट्वायनाले आँखा बैंकसँगको समन्वयमा जोडीले यो अभियान थालेको बताए । विवाहमा यस्तो अभियान पहिलो भएको उनले बताए । फाराम आइसकेपछि अस्पतालमा दर्ता गर्ने र परिचयपत्र जारी गरिने जानकारी ट्वायनाले दिए ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login