मनकामनामा परेवा उडाउन निषेध


गोरखा, जेष्ठ २ - मनकामना दर्शनका लागि आउँदै हुनुहुन्छ ? परेवा लिएरचाहिँ नआउनुहोला । परेवासहित आउनुभयो भने तपाईंलाई केबलकारबाट ओर्लनेबित्तिकै प्रहरी र मनकामना क्षेत्र विकास समितिका कर्मचारीले फर्काइदिने छन् । र्फकन नमाने तपाइले परेवा केबलकारको माथिल्लो स्टेसनमा राखेपछि मात्र मन्दिर दर्शन गर्न पाउनुहुने छ ।
लामो समयदेखि भक्तजनले उडाएका परेवा मर्ने गरेको र तिनको सुलीले मन्दिर वरपर दुर्गन्ध फैलेपछि उडाउन नपाइने पुरानो नियममा कडाइ गरिएको हो । मनकामना क्षेत्र विकास समिति, प्रशासन कार्यालय र मनकामना गाविसले परेवा उडाउन रोक्दै २०६५ सालमा गरेको निर्णयमा कडाइ गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् ।
'पहिलेदेखिकै नियम भए पनि धेरैजसो भक्तजनले थाहा नभएको भन्दै लिएर आउने गरेका थिए,' उनले भनिन्, 'प्रहरी र कर्मचारीले मानवीय हिसाबले छाड्ने गरेका थिए । तर परेवाको फोहोरले मन्दिर वरपर हैजा नै आउने खालको वातावरण सिर्जना भएपछि पूरै चेकजाँच गरेर मात्र भक्तजनलाई मन्दिर प्रवेश गराउन थालिएको छ ।' परेवा ल्याए/नल्याएको जाँच गर्न पैदल यात्रा गर्ने नाका र केबलकारबाट उत्रने ठाउँमा प्रहरी र कर्मचारी खटाइएको छ । मन्दिर आसपासका क्षेत्रमा परेवाको व्यापार गर्नसमेत रोक लगाएको समितिले जनाएको छ ।
दैनिक उडाइने परेवा मन्दिरमा बनाएको खोरमा अट्दैनन्, करिब सय जोर मात्र अट्छन् । तर मन्दिर वरपर अहिलेसम्म तीन सय जोरभन्दा बढी परेवा छन् । शुक्रबार र शनिबारबाहेक मन्दिरमा दैनिक पचास जोरभन्दा बढी परेवा आउने गरेको थापाले बताइन् । 'शुक्रबार र शनिबार त्यसको तुलनामा दोब्बर हुन्छ । जसले गर्दा रोग भित्रिन नदिन परेवा उडाउन नपाइने नियम राख्नुको अर्को विकल्प हामीसँग थिएन,' उनले भनिन् ।
कतिपय भक्तजनले प्वाँखै उम्रन सुरु नभएका परेवासमेत ल्याएर छाड्ने गरेकाले मरेर दुर्गन्ध फैलेको गाविस सचिव नारायण सापकोटाले बताए । 'उड्न सुरु गरेका कतिपय परेवा पनि तराईका हुँदा रहेछन् । तिनलाई यहाँको हावापानी नमिलेर मर्ने गरेका छन्,' सापकोटाले भने, 'दैनिक दस जोरभन्दा बढी परेवा मर्ने गरेकाले मन्दिर क्षेत्र दुर्गन्धित हुने गरेको छ ।'
समितिले परेवा उडाउन नपाइने नियमबारे चितवन, धादिङ र गोरखाका प्रशासन तथा मन्दिर छिर्ने नाकामा रहेका संघसंस्थालाई पत्राचार गरेको छ । परेवाको व्यापार गर्ने र लुकिछिपी मन्दिरमा उडाउनेलाई कारबाही गर्नेसमेत निर्णय गरिएको समितिले जनाएको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login