नसिरुद्दिनका छोराको काठमाडौँमा कन्सर्ट

सहारा शर्मा, काठमाडौं, वैशाख २५- बलिउड कलाकार नसिरुद्दिन शाह र उनका छोरा इमाद हाल काठमाडौंमा छन्। नसिरुद्दिन नेपाली कलाकारलाई अभिनय सिकाउनमा व्यस्त छन् भने उनका छोरा इमादले शुक्रबार आफ्नो एकल कन्सर्ट गरेका छन्।  

 दरबारमार्गस्थित १९०५ रेस्टुरेन्टमा आयोजित कन्सर्टमा इमादले आफ्नो नयाँ फिल्मका गीत समेत गाए। अभिनेता, गायक र संगीतकार रहेका इमादले केही समयपछि फेरि काठमाडौंमा कन्सर्ट गर्ने बताए। 

     कन्सर्ट हेर्न पुगेका युवाहरूले इमादलाई साथ दिएका थिए। आफ्नो फिल्म ‘४०४'को प्रचारका निम्ति कन्सर्ट गरेका इमाद फिल्मका संगीतकार समेत हुन्। कन्सर्टमा भने इमादले आफ्नो ब्यान्ड ‘द पल्प सोसाइटी'सँग मिलेर गीत प्रस्तुत गरेका थिए। अनौपचारिक रूपमा सुरू भएको कन्सर्टमा इमादले प्रिन्स एन्ड दि रिभोलुसनको ‘किस' गीत प्रस्तुत गरे। त्यसपछि उनलाई भारतीय गायिका एवम् मोडल रसेल भार्घिसले साथ दिएकी थिइन्। मनोवैज्ञानिक थि्रलर भनिएको ‘४०४' फिल्मबाट बलिउडमा प्रवेश गरेका इमादले पश्चिमेली र भारतीय संगीतलाई फ्युजनको रूपमा प्रस्तुत गरेका छन्। पल्स सोसाइटीका एक सदस्यले भने, ‘फिल्ममा गीत गाउन हामीजस्ता युवा पुस्तालाई धेरै समस्या हुँदोरहेछ।'  आयोजक रवीन सिटौलाले यस कन्सर्टले आफूलाई नयाँ कन्सर्ट गर्न प्रेरित गरेको बताए। ‘युवा पुस्तालाई लक्षित गरेर केही समयमै अर्को कन्सर्ट गर्नेछौं,' उनले भने।



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login