भक्तपुर,१३जेठ । नेपाल बन्द आहृवानकर्ताहरुले आज बिहानै भक्तपुरको लोकन्थलीमा एक यात्रुबाहक बसमा आगजनी गरेका छन् । कौशलटारबाट बालकुमारीतर्फजाँदै गरेको बा१ख ७३२४ नम्बरको नेपाल यातायातको यात्रुबाहक बसमा उनीहरुले लोकन्थली ओरालोमा आज बिहान पौने पाँच बजे आगजनी गरेका हुन् । सडकमा उभिएर बसेका पाँच जनाले बस रोक्न लगाएको र बस रोके लगत्तै तीन जनाले चालकसँग विवाद गर्न थालेपछि अरु दुइजना बसभित्र पसेर पेट्रोल र्छर्की आगो लगाएको बसका चालक पद्मबहादुर जिरेलले बताउनुभयो । चालक जिरेलले भन्नुभयो - "तीनजनाले हामीसँग विवाद गर्दै थिए, दर्ुइजना बसभित्र चढेर बोतलमा ल्याएको पेट्रोल र्छकंदै आगो लगाएर भागे, बसबाट बाहिर निस्कँदा बस मालिक राजकुमार श्रेष्ठको हात पोल्यो ।"आफूहरुलाई चुरेभावरको कार्यकर्ता बताउने उनीहरुले आगजनी गरे लगत्तै भागेका थिए । आगजनी भएको आधाघण्टापछि भक्तपुरबाट आएको दमकलले आगो निभाएको थियो । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ भने प्रहरीले बसलाई सडकबाट हटाएको छ । भक्तपुरमा बिहानैदेखि भाडाका सवारी साधन कम चले पनि निजी सवारी साधन बाक्लै चलेको थियो । आगजनीको घटनापछि एकघण्टा सडक अवरुद्ध भएपनि बिहान साँढे छ बजेपछि भने पुनः यातायातका साधन सञ्चालनमा आएका छन् । त्यस्तै भक्तपुरका अधिकांश बजार बिहानैदेखि खुलेका छन् ।
रासस