शिविरको आगलागी नियन्त्रणमा


देवु बानिँया आज विहान ७ बजेदेखि गोलधाप शरणार्थी शिविरमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ ।
झापा मेचीनगरको १ दमकल भद्रपुरको २ वटा दमकको १ धरान र इटहरीबाट आएका १ १ दमकल र प्रहरी, स्थानियवासीको सहयोगले आगो नियन्त्रणमा आएको हो । गोधलाप शिविरमा रहेका ७०० टहरामध्धे ६०० टहरा जलेर खरानी भएका छन् ।
आगलागीमा धेरै घाईते पनि भएका छन् । घाईतेहरुलाई नेपाल रेडक्रस सोसाईटी झापाले उद्धार गरिरहेको छ ।

तेस्रो मुलुकमा भएको पुनस्थापनाका कारण उक्त शिविर आउँदो अप्रिल पहिलो सातादेखि बन्द गर्ने तयारी भइरहेको थियो । हाल त्यहाँ करिव चार हजार जनसंख्या रहेको छ ।

रेडक्रस र कन्काई अस्पतालले क्याम्पमा अस्थाई शिविर पनि सञ्चालन गरिरहेको छ । 

बि‌.सं. २०६४ सालमा भएको आगलागीबाट उक्त शिविरका सबै छाप्रा जलेको थियो । त्यस बेला छाप्राहरु दमकलसमेत छिर्न नसक्ने गरी बनाइएका कारणा आगो नियन्त्रणमा लिन कठिनाइ भएको निष्कर्ष निकालिएपछि पछि दमकल गुड्न सक्ने गरी छाप्राहरु बनाइएको थियो ।



Image Coutesy:- Gopal Kafle From Facebook
source:-mechinagronline

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login