काठमाडौ, चैत्र १७ - आउँदो शैक्षिक सत्रबाट कक्षा १० सम्मै सबै विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउनेछन् । यसअघि ८ सम्म दिइन्थ्यो ।
शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले वैशाख दोस्रो सातासम्म सबै जिल्लाका विद्यार्थीको हात-हातमा पुस्तक पुग्ने दाबी गरे । कक्षा १ देखि १० सम्म वाषिर्क २ करोड ४० लाख थान पुस्तक छापिँदै आएको छ । यो वर्षबाट दस कक्षासम्मै निःशुल्क दिइने भएपछि थप छपाइएको जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता मनोहर लामिछानेले जनाए । त्यसका साथै पूर्वाञ्चल र पश्चिमाञ्चलका १६ जिल्लामा आठ कक्षासम्म निजी क्षेत्रमा पुस्तक छपाइ अनुमति दिइएको छ । त्यसैगरी विभागले 'आधारभूत तहको छात्रवृत्ति' अब कक्षा ८ सम्मका सबै छात्रालाई दिने भएको छ ।
source:-ekantipur









0 commentaires