लाखौं मूल्यको काठ बरामद


२३ फागुन, महोत्तरी । महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाले सोमबार विहान ट्याक्टरसहित ३५ क्यूफिट काठ बरामद गरेको छ ।
बेलगाछी जंगलबाट फडानी गरी ज १ त ६४८ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ तस्करी गरिरहेको करिब साढे पाँच लाख रुपैयाँ बराबरको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
चालक र काठ तस्करहरु भने फरार रहेको बताइएको छ ।
यसैबीच पर्साको रामनगरीबाट सोमबार बिहान सशस्त्र प्रहरीले १२ वटा साइकल सहित करिब २० क्वीन्टल सालको काँचो काठ बरामद गरेको छ । बहुअर्वाभाठा सशस्त्र प्रहरी बेस क्याम्पको गस्ती टोलीले रामनगरी गाविस वडा नम्बर २ बाट काठ र साइकल बरामद गरेको हो ।
काठ तस्करहरु गस्ती टोलीलाइ देखेपछि काठ र साइकल छाडेर फरार भएको सशस्त्र प्रहरी निरिक्षक रामप्रसाद भण्डारीले बताउनु भयो । बरामद गरिएको काठ आवश्यक कार्वाहीका लागि वन कार्यालयमा बुझाइएको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login