भूकम्पले न्यूजिल्याण्डमा ६५ को मृत्यु


काठमाडौं, फाल्गुन १० - न्यूजिल्याण्डमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । दोस्रो ठूलो शहर क्रिष्टचर्चमा गएको भूकम्पमा मर्नेहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा गएको भूकम्पबाट सयौं भवन भत्किएका छन् । प्रधानमन्त्री जोन किले बिबिसीलाई भनेका छन्, 'मैले न्यूजिल्याण्डको अँध्यारो भविष्य देखेको छु ।
भूकम्पले सयौंलाई पुरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पपछि न्यूजिल्याण्डका अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । विजुली र खानेपानी अवरुद्द भएको छ ।
क्रिष्टचर्चका मेयर बब पार्करले संटककाल घोषणा गर्न माग गर्दै सर्वसाधारणलाई शहरको केन्द्र खाली गर्न आहृवान गरेका छन् ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login