शिवरात्रीमा सिसिक्यामरा


काठमाडौं, फागुन १६-शिवरात्री पर्वलाई बढी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष मन्दिर प्रवेश गर्ने मुख्य चार गेटमा सिसिटिभी क्यामरा जडान गर्ने भएको छ।

 मन्दिरमा हुनसक्ने अपराधिक गतिविध नियन्त्रण गर्न, जथाभावी प्रवेस रोक्न र लाइनलाई व्यवस्थित गर्न सहयोगी हुन्छ भन्दै कोषले सिसिटिभि राख्ने निर्णय गरेको हो। मन्दिरका गेटहरूमा सिसिटिभी जडान गरेर भेलाको अवलोकन गर्ने कोषका सदस्यसचिव शुशिल नाहटाले नागरिकलाई बताए।

नाहटाले भने 'मूल ढोकामा सबै गतिविधि कभर हुने गरी क्यामरा जडान गर्ने छौं।' वाँदरबाट क्यामरा जोगाउन क्यामरा वरिपरि काँडेतार लगाउने छ। पश्चिम गेट नजिक बसेर सुरक्षाकर्मीले क्यामराबाट गतिविधी मोनिटरिङ गर्ने व्यवस्था मिलाइएको छ। सिसिटिभि एक खाले क्यामरा हो, जसले निश्चित क्षेत्रको गतिविधिलाई भिडियोमा जस्तै खिच्छ। त्यसरी खिचेको गतिविधि मोनिटरमा अवलोकन गर्न सकिन्छ।

कोषले पशुपतिनाथको शास्त्रीय विधि अनुसार पुजापाठ गर्ने र पशुपतिनाथको विशेषतासहितको १ घण्टा १५ मिनेटको वृतचित्र समेत तयार पारेको नाहाटाले जनाए। पशुपतिनाथबारे विज्ञहरुले १ वर्ष लामो अध्ययन गरेर बृतचित्र तयार पारेको उनले जनाए। शिवरात्रीका दिन सो वृतचित्र सार्वजनिक गरिदैछ।

कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वको तयारीबारे जानकारी गराएको छ।

 यस वर्ष करिव ३ हजारको हाराहारीमा साधु सन्त आउने अनुमान कोषले गरेको छ। साधुसन्त व्यवस्थापन उपसमितीका संयोजक रमेश उप्रेतीले भने ' यस वर्ष १ सय नागा बाबाहरु आउने अनुमान छ , सोमबारदेखि गुठि संस्थानले नागाहरुकालागि दाउरा, धुनी , खाना र बस्ने व्यवस्था मिलाउने छन्।' हालसम्म १ हजार ५ सय साधुहरू आइसकेका छन्।

गत वर्ष करिब २ हजार ३ सयको हाराहारीमा साधुहरु आएका थिए। आएका मध्ये करिव ८० प्रतिशत भारतिय साधु भएको उनले जनाए।

शिवरात्रिका दिन ८ – १० लाख भक्तजनहरु आउने अनुमान कोषको छ। गत वर्ष ६ लाख भत्तजनहरू आएका थिए।

'गत वर्ष हरिद्धारमा कुम्भ मेलाले गर्दा थोरै सँख्यामा साधु र भत्तजनहरु आए।' उप्रेतीले भने ' यस वर्ष कुम्भ मेला नभएकोले अत्याधिक मात्रामा बढ्ने छन्। '

यस वर्ष पर्यटन वर्ष २०११ मा विभिन्न एजेन्सीहरुले शिवरात्रीलाई पर्यटन भित्राउने माध्यम बनाएकोले भक्तजनहरुको सँख्या बढ्ने कोषको अनुमान छ।

शिवरात्रीमा भारत , मलेसीया र इण्डोनेसियाको हिन्दुहरु समेत आउने गरेका छन्।

कोषले सशुल्क दर्शनको समेत व्यवस्था गरेको छ। १ हजारको टिकट काटेर दर्शन गर्न पाउँने व्यवस्थाका लागि कोष भित्रै एक र रिंग रोडमा ७ वटा गरी ८ वटा क्याम्प राखिएको छ। त्यस्तो टिकट १८ गते १२ सम्म बिक्री गरिने छ। टिकट काट्ने तीर्थालुहरूलाई मन्दिरको दक्षिण गेटबाट दर्शन गराउने व्यवस्था मिलाएको नाहटाले जानकारी दिए।

अन्य भत्तजनका लागि दर्शनकालगि बनकालीमा २ लाइन, भुवनेश्वरीमा २ लाइन, मित्रपार्कबाट १ र उमापार्कबाट १ लाइनको व्यवस्था मिलाएको छ।

सजिलो दर्शनकालागि ४० स्वयंसेवक संस्थाहरुका करिब ६ हजार स्वयंसेवकहरु खटिने छन्। गत वर्षको तुलनामा यस वर्ष स्वयंसेवक सँख्या ४० प्रतिशतले घटाइएको नाहटाले जनाए। गत वर्ष १० हजार स्वयंसेवक खटिए पनि अभद्र ब्यवहारका कारण भक्तजनहरुलाई अप्ठ्यारो परेको गुनासो आएको उनले बताए।

सुरक्षाका लागि ४ हजार सुरक्षा कर्मी खटिने जनाइएको छ। गत वर्ष २ हजार ८ सय सुरक्षाकर्मी परिचालित थिए।

पर्व व्यवस्थापनकालागि कोषले ४७ लाख बजेट छुटाएको छ।

 source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login