बन्दले मेची र कोशीको जनजीवन प्रभावित


२५ माघ, धरान । कार्यकर्ता रिहाईको माग गर्दै संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको चौथो दिनको बन्दले मेची र कोशीको जनजीवन प्रभावित भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको अनुसार मंगलबार पनि मेची र कोशीका जिल्लाहरुमा यातायातका साधन ठप्प छन् ।
फोटोसहितको मतदाता नामावली संकलन कार्य रोक्न माग गर्दै गएको शनिबार आह्वान गरेको बन्दको क्रममा प्रहरीले पक्राउ गरेका पाँच जना कार्यकर्ता रिहाइको माग गर्दै परिषदले बन्द आह्वान गरेको छ । बन्दको क्रममा परिषद कार्यकर्ताहरुले धनकुटा – ४ मा को १ ख २८५० नम्बरको माइक्रोबसमा आगजनी गरेपछि यातायात व्यवसायीहरुले पनि क्षतिपूर्ति माग्दै अनिश्चितकालीन यातायात बन्द गराएका छन् ।
परिषद र यातायात व्यवसायीको दोहोरो बन्दले सर्बसाधारण मारमा परेका छन् ।
source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login