लागुऔषध कारोबारी स्कुल-कलेजमा केन्दि्रत


 काठमाडौं, ८  फागुनलागुऔषध कारोबारीले राजधानीका स्कुल र कलेजमा आफ्नो कारोबार केन्दि्रत गरेका छन् । राजधानीका नाम चलेका स्कुल-कलेजमा भित्री रूपमा लागुऔषध कारोबार हुने गरेको प्रहरीको दाबी छ ।
लागुऔषध कानुन कार्यान्वायन इकाइका अनुसार विद्यार्थीहरू लागुऔषधको कुलतमा फस्दै गएकाले कारोबारी पनि राजधानीका धेरै स्कुल र कलेजमा केन्दि्रत हुने गरेका हुन् । कतै लागुऔषधको लतमा परेका विद्यार्थीबाट र कतै लागुऔषध अन्य विद्यार्थीलाई नै कारोबारमा संलग्न गाराइएको प्रहरीले दाबी गरेको छ ।
इकाइका डिएसपी रवीन्द्र रेग्मीले स्कुल-कलेजनजिकै रहेका होटलबाट विद्यार्थीलाई लागुऔषध बिक्रीवितरण हुने गरेको बताए । त्यस्ता होटलमा विद्यार्थीसँग सम्बन्ध विस्तार गरेर स्कुल-कलेजभित्र कारोबारको सञ्जाल बनाइने गरिएको उनको भनाई छ ।
प्रहरीका अनुसार राजधानीमा नाम चलेका कलेजका विद्यार्थीमा लागुऔषध दुव्र्यसनी छन् । उनीहरूले बुपि्रनफिर्न, डाइजेपामका, चरेस तथा गाँजा प्रयोग गर्ने गरेका छन् । कारोबारीहरूले डाइजेपाम र बुपि्रनफिर्न भारतबाट ल्याएर विभिन्न स्कुल र कलेजका विद्यार्थीलाई बिक्रीवितरण गर्दै आएको प्रहरीले जनाएको छ ।
लागुऔषध कानुन कार्यान्वायन इकाइका डिआइजी वीरेन्द्रबाबु श्रेष्ठले स्कुल र कलेजहरूमा सबैभन्दा तल्लो तहको कारोबारको सञ्जाल भएको बताए । कतिपय विद्यार्थी लागुऔषध सेवनकै लागि कारोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 'लागुऔषध सेवनका लागि खर्च जुटाउन विद्यार्थीहरू पनि लागुऔषध कारोबारमा लागेको हामीले पाएका छौँ,' डिआइजी श्रेष्ठले भने, 'त्यस्ता विद्यार्थीलाई अभिभावक बोलाएर सुधार केन्द्र पठाउने गरेका छौँ ।'
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी लालमणि आचार्यले काठमडौंका ठूला कलेजका विद्यार्थी पटक-पटक पक्राउ परेको जानकारी दिए ।
बिहीबार पक्राउ परेका लागुऔषधको डिलर चलाउँदै आएका नयाँबजारका दम्पती रविन शाक्य र राधाको अनुसन्धानका क्रममा पनि राजधानीका स्कुल-कलेजलाई नै लक्षित गरेर कारोबार हुने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
याबाको कारोबार
याबा नामको लागुऔषधको कारोबार नेपालमा बढ्दै गएको प्रहरीले जनाएको छ । लागुऔषध कानुन कार्यान्वायन इकाइका एसएसपी देवेन्द्र सुवेदीले नेपालमा ठूलो परिणाममा याबा भित्रन थालेको बताए ।
क्यानाडा, थाइल्यान्ड, मेक्सिको, बर्मा, भारतलगायत देशमा औषधिको चक्कीजस्तो देखिने लागुऔषध याबाको उत्पादन धेरै हुने गरेको छ । भारतको बाटो हुँदै हवाई र स्थलमार्गबाट नेपालमा याबा भित्रिने गरेको एसएसपी सुवेदीले बताए । प्रहरीका अनुसार हेरोइनका विकल्पमा नेपालका लागुऔषध प्रयोगकर्ताले यावाको प्रयोग गर्न थालेका हुन् ।

source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login