'बोक्सी' हेर्न सीडीओ र एसपी(मनोरन्जन)


पर्वत, फाल्गुन ९ - सशस्त्र प्रहरी उपरीक्षक -एसपी) मदनसिंह विष्ट शनिबार अचानक सदरमुकामस्थित सिद्धेश्वर चलचित्र मन्दिरमा देखा परे । अंगरक्षकसहित विष्टलाई कुनै अपराध घटनाले होइन, फिल्मले त्यता तानेको थियो ।
'२२ वर्षपछि सिनेमा हेर्ने मौका पाइयो,' नाट्य सम्राट बालकृष्ण समको एकांकीमा आधारित 'बोक्सी' फिल्म हेरेपछि उनले भने, 'ठेट गाउँले पाराको रहनसहन देख्न पाएँ । साँच्चै राम्रै रहेछ ।'
सायद त्यसैले प्रमुख जिल्ला अधिकारी -सीडिओ) वेदबहादुर कार्की पनि १५ वर्षपछि सिनेमा हलसम्म पुगेका थिए । 'नेपाली फिल्ममा संधै एउटै कथा बस्तु दोहोरीने गर्छन्,' 'बोक्सी' हेरेपछि उनले भने, 'तर यो फिल्ममा नयांँ खालको गाउँलेपन रहेछ, नेपालमा यस्ता फिल्म पनि बन्नुपर्छ ।'
बालमनोविज्ञानको सेरोफेरोमा रहेको उक्त फिल्मको च्यारिटी सोमा सिद्धेश्वरमा उल्लेख्य भीड जुटेको थियो । गोपालचन्द्र लामिछाने निर्देशित फिल्म २०६५ मा बनेको हो । 'यो फिल्म विशेष गरी अभिभावक र बालबालिकामा लक्षित छ,' उनले भने, 'बाल मनोविज्ञानको प्रश्न र उत्तर 'बोक्सी' ले दिएको छ ।' बालबालिकाको मस्तिकमा असर पर्ने कुरा उनीहरूसामु गर्न/भन्न नहुने सन्देश उक्त फिल्मले दिएको छ ।
'बालबालिका काँचो माटो बराबर हुन्,' उक्त फिल्मका निर्माता शक्तिबल्लभ घोरासैनीले भने, 'त्यही भएर उनीहरुको मस्तिष्कमा असर पर्ने कुरा सुनाउँदा मानसिक रोगी बन्छन् भन्ने सन्देश यो फिल्मको खुराक हो ।' उनका अनुसार करिब डेढ घन्टा लामो यो फिल्मको च्यारिटी सो अमेरिका र अस्ट्रेलियामा गरिसकिएको छ । विभिन्न पाँच अवार्ड पाइसकेको 'बोक्सी' मा शुभेच्छा थापा, शंकर लामिछाने, राज आचार्य, शक्तिबल्लभ, सरु बराल, रामकृष्ण बजगाईंले अभिनय गरेका छन् ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login