काठमाडौ, माघ २१ - नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले योग्य र सक्षम व्यक्तिहरु रहेको सानो मन्त्रिमण्डल बनाउन आफूले चाहेको बताएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि शुभकामना दिन उनको निवास पुगेका पत्रकार टोलीसंग कुरा गर्दै उनले शान्ति र संविधान आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
'योग्य र सक्षम व्यक्तिहरुको सानो मन्त्रीमण्डल बनाउन चाहेको छु,'उनले भने-'यस विषयमा सहयोगी दलहरुसंग छलफल गरेर निर्णयमा पुग्ने छु ।'उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्नु पनि आफ्नो प्राथमिकतामा रहेको बताए । 'मुलुकमा व्याप्त अराजतका अन्त्य गर्ने विशेष प्रयास गर्नेछु,'उनले भने । उनले शान्तिसंगै विकासका गतिविधी पनि आफ्नो प्राथमिकतमा रहेको बताए ।
आफ्नो सरकारलाई बाम गठबन्धनका रुपमा नलिदिन भन्दै उनले लोकतान्त्रिक पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे । भारतीय प्रधानमन्त्रीले फोन गरेर र चिनियाँ राजदूतले भेट गरेर शुभकामना व्यक्त गरेको उनले जनाए । 'दुई छिमेकी मुलुकहरु हामीसंगको समबन्ध अझै विकसित होस भन्ने चाहन्छन्,'उनले भने-'दुवै छिमेकीसंगको सम्बन्ध सुमधुर राख्ने आफ्नो प्रयास हुनेछ ।' @ eKantipur










0 commentaires