खानेपानी पाउनै मुस्किल


काठमाडौ, फाल्गुन १६ - बल्खु क्षेत्रमा खानेपानी नआएको १५ दिन भयो । स्थानीय अनिता श्रेष्ठ खान जारको पानी प्रयोग गरिरहेकी छन् । कपडा धुन ट्युबवेलको पानीले सघाएको छ । ज्ञानेश्वर क्षेत्रमा १३ दिनदेखि पानी आएको छैन ।
आठजना रहेको अञ्जली सुवेदीको घरमा दैनिक चार जार खानेपानी खपत भइरहेको छ । सरसफाइका लागि पानी नपाएको उनले गुनासो गरिन् ।
पुरानो बानेश्वर क्षेत्रमा पनि सत्र दिनदेखि पानी आएको छैन । स्थानीय सरु श्रेष्ठ बिहान ३ बजे ढुंगेधारामा पालो कुर्न जान्छिन् । पाँच दिन बिराएर पानी आउने धारा अहिले सुख्खाप्रायः छ । 'ढुंगेधारामा पनि भीडभाड हुन्छ,' उनले भनिन्, 'बेलैमा नगए पालो पाइन्न ।' शंखमूल क्षेत्रमा २० दिनदेखि पानी आएको छैन ।  
यी घटना उपत्यकाको खानेपानी समस्याका उदाहरण हुन् । कि धारामा पानी आउँदैन, आउने ठाउँमा कहिले आउँछ ठेगान छैन । धारामा मात्रै भर पर्नेलाई यसले समस्यामा पारेको छ ।
ढुंगेधाराले केही राहत दिए पनि केही वर्षदेखि यी स्रोतहरू पनि सुक्दै गएका छन् । दिन प्रतिदिन पानीका स्रोतहरू सुक्दै गएपछि राजधानीवासीको जीवन थप कष्टकर बन्दै गएको बल्खुका ७० वषर्ीय निरञ्जन श्रेष्ठ बताउँछन् ।
उपत्यका खानेपानी लिमिटेडले विभिन्न क्षेत्र विभाजन गरी अहिले तीन, पाँच र सात दिनको फरकमा पानी वितरण गर्दै आएको छ । लोडसेडिङले गर्दा पनि पूरा समय पानी आपूर्ति हुन सकेको छैन ।
उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेशप्रसाद आचार्यले पुरानो वितरण प्रणाली र भौगोलिक विभाजनको कठिनाइले एउटै ठाउँमा पनि समानरूपले पानी वितरण गर्न नसकिएको बताए ।
गर्मी बढेपछि पानी उत्पादनको मात्रामा कमी आउने भन्दै उनले उपभोक्ता समस्यालाई समाधान गर्न बढी अभाव भएका ठाउँमा केही वैकल्पिक व्यवस्था गर्ने बताए । उपत्यकामा प्रत्येक वर्ष पाँचदेखि छ हजार नयाँ धाराहरू थपिन्छन् ।
वषर्ाद्मा दैनिक सोह्र करोड लिटर पानी वितरण गर्दै आएको  लिमिटेडले फागुनको सुरुवातसँगै बाह्र करोडमा झारिसकेको छ । वैशाख-जेठमा भूमिगत पानीका स्रोतबाटसमेत पानी उत्पादनमा कमी आउने भन्दै आचार्यले दैनिक नौ करोड लिटर पुग्ने बताए ।
'समाधान गर्न गाह्रो छ, गर्मी सुरु भएपछि पानी समानरूपमा वितरण कसरी गर्ने भन्ने विषयमा चिन्ता बढेर आउँछ,' उनले भने ।
आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक घनश्याम भट्टराईले पुरानो पानी वितरण प्रणालीले गर्दा समस्या आएको बताउँदै सुधारका लागि कार्य भइरहेको बताए । उनका अनुसार डेढ वर्षभित्र निश्चित क्षेत्रको पानी वितरण प्रणालीमा सुधार ल्याइनेछ ।  
नयाँ बानेश्वर, शंखमूल र ललितपुरको कुसुन्ती क्षेत्रमा काम भइरहेको उनले बताए । वैज्ञानिक प्रणाली नअपनाएसम्म उपत्यकामा जतिसुकै पानीको आपूर्ति गरे पनि समानरूपमा वितरण गर्न नसकिने उनको भनाइ छ ।
'काम भइरहेको छ, सुधार हुन्छ,' उनले भने, 'मेलम्चीको पानी आउनुभन्दा अघि सबै नयाँ पाइप लाइनमा सुधार गरिसक्नुपर्छ, त्यसपछि उपभोक्तलाई राहत मिल्छ ।'

source:-ekantiur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login