काठमाडौं, मङ्सिर १७- सन् २००९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विजेता प्राध्यापक इलिनोर ओस्ट्रम चारदिने भ्रमणका लागि आइतबार काठमाडौँ आउने भएका छन्। सरकारको निमन्त्रणामा प्राध्यापक ओस्ट्रमको नेपाल भ्रमण तय भएको हो। उनले नेपालमा समुदायको सहभागितामा सामुदायिक स्रोतको व्यवस्थापनका क्षेत्रमा गहन अनुसन्धान र अध्ययन गरेका छन्।
उनले आफ्नो भ्रमण क्रममा राष्ट्रपति डा रामवरण यादव र कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारसँग भेट गर्नेछन्।
त्यसैगरी प्राध्यापक ओस्ट्रमले काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुका साथै नेपाल सरकारका सचिवहरुसँग भेट गर्ने कार्यक्रम छ।
मङ्सिर २२ गते उनी पर्कनेछन्। रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires