ससुरालीमा टाइमपास


काठमाडौ, पुस १ - 'लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ सय बल्ड्याङ ।' यो उखानसँग धेरै हदसम्म फिल्म 'दाइको ससुराली'को आशय मेल खान्छ ।
राजधानीबाहिर केही समयअघि नै प्रदर्शनमा आइसके पनि भर्खरै मात्र राजधानीका फिल्म हलमा प्रदर्शनको पालो पाएको दिनेश डिसी निर्देशित हास्यरसले भरिएको यो फिल्ममा अधिकांश कलाकार पनि  हास्यविधाका छन् । फिल्मको मुख्य केन्द्रमा छन्- गायक प्रकाश ओझा ।
मौलिक गीत गाएर चर्चामा आएपछि टेलिफिल्मको अभिनय यात्रा थालेका ओझाले डेब्यु फिल्मबाटै मुख्य भूमिका पाएका छन्- 'दाईको ससुराली' मा । सीबी फिल्मस्को ब्यानरमा चिरञ्जीवी बस्नेतले बनाएको फिल्ममा बुद्धिसागर (प्रकाश ओझा) नाम गरेको सोझो र मनकारी केटो छ, जो करोडौंको सम्पत्तिको मालिक हुन्छ । उसको दाइ दयासागर -रवि डंगोल) की श्रीमती  मैना (पि्रया रिजाल) भने सधैं सम्पत्ति हत्याउने दाउमा मात्रै हुन्छे ।
तर उनको दाउपेचका बारेमा भाउजूलाई आमा समान मान्ने देवरलाई पत्तो हुँदैन । उता पत्नी पीडित दयासागर पीडा दबाउन भन्दै रक्सीको सहायता लिन्छ । तर कसैको कुभलो नचिताउने सहयोगी बुद्धिसागरलाई भाग्यले पनि साथ दिन्छ भने नकारात्मक सोचले ग्रसित मैना आफैंले खनेको खाल्डोमा परेपछि बल्ल ठेगानमा आउँछे र कथाले संयोगान्त मोड लिन्छ ।
सवा दुई घन्टा लामो फिल्मको सबैभन्दा नराम्रो पक्ष भनेको यसको छायांकन हो । कुमार बखतीको धमिलो दृश्यको सिनेम्याटोग्राफीले दर्शकलाई फिल्म हेरुन्जेल असजिलो महसुस गराउन सक्छ । कतिपय दृश्यमा त दर्शकले पात्रलाई अँध्यारोमा चिन्नुपर्नेछ । प्रकाश ओझा आफैंले संगीत दिएको फिल्मका गीतहरू अधिकांश लोकशैलीका छन् ।
सामान्य पारिवारिक विषयवस्तुमा ठट्यौली मिश्रति फिल्म 'दाइको ससुराली' ले बालबालिकालाई भने मनोरञ्जन दिन सक्छ । त्यसो त यही फिल्मका लेखकसमेत रहेका विकास आचार्यले संवादका लागि २०६५ को केटीभी फिल्म अवार्ड जितेका थिए । फिल्ममा पहिले 'विधवा' र पछि प्रकाशको पत्नीका रूपमा सञ्चिता लुइँटेल देखिएकी छन् भने निखिल उप्रेती फिल्ममा पनि फिल्मी हिरोको रूपमै चिनिएका छन् । यौन प्रकरणमा जेल पर्नुअघि हास्य टेलिसिरियलमार्फत दर्शकलाई मनोरञ्जन दिन सफल प्रकाश ओझाको जेलजीवनपछि आएको फिल्म 'दाइको ससुराली' ले बालबालिकाको भने टाइमपास गराउने प्रयास गरेको छ ।

source:-ekantipur

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login