काठमाडौ, मंसिर १८ -
आमाको स्पर्शले बच्चालाई सुरक्षाको अनुभुति गराउँछ । तर नयाँ अनुसन्धान अनुसार आमाको स्वर पनि कम महत्त्वपूर्ण छैन । आमाको स्वरको यो चमत्कारी गुणलाई अब विज्ञानले स्वीकार गरिसकेको छ । वेलायतको विलकिंसन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार आमाको फोन आउनुसमेत बच्चाको लागि त्यतिकै प्रभावशाली छ जति अप्ठ्यारो क्षणमा ती आमासँगै हुन्छन् ।
आमाको यो गुण पत्ता लगाउन ६१ महिलामा अनुसन्धान गरिएको थियो । अनुसन्धान अन्तर्गत वैज्ञानिकहरूले उनीहरूमा तनावको हार्मोन 'आक्सिटोसिन' र 'कार्टिसोल' हार्मोनको स्तर परीक्षण गरेका थिए । परीक्षण अनुसार आमाको स्वरले तनावलाई कम गरेर आक्सिटोसिनको स्तर बढाउँछ । आक्सिटोसिन हार्मोनले मनुष्यलाई खुसी राख्नुको साथै आत्मविश्वास समेत बढाउने गरेको अनुसन्धानले औंल्याएको छ । आमाको शरीरको स्पर्श मात्रले होइन, फोनमा आमाको आवाज सुनेपछि समेत यो हार्मोन बढ्छ । आत्मविश्वास कायम राख्न आमाको नियमित सम्पर्कमा रहँदा फाइदा हुने पनि वैज्ञानिकहरूको निष्कर्ष छ ।
source:-kantipur










0 commentaires