देवी मन्दिरमै महिलालाई निषेध

सिद्धराज राई, धनकुटा, मंसिर १५ - मोरङ, बेलबारीकी रमा कार्कीले छिन्ताङ जाल्पादेवीको दर्शन गर्न पाइनन्। मन्दिर परिसरबाहिरै महिलाका लागि बनाइएको अस्थायी मूर्तिमा पूजा गरेर फर्किइन्।

 'मनको इच्छाले पहिलो पटक धाएर आएँ,' मन्दिर प्रवेश नपाएको झोँकमा उनले भनिन्, 'जसले धेरै पूजा गर्छन्, उनीहरु नै पस्न नपाउने कस्तो नियम हो?'
तेह्रथुम, हमरजुङबाट आएकी कमला लिम्बुलाई देवी मन्दिरमा दर्शन गर्न नपाउँदा अचम्म लाग्यो। 'धार्मिक आस्था सबैमा हुन्छ,' लिम्बुले भनिन्, 'सार्वजनिक मठमन्दिरमा प्रवेश नपाउनु महिला हिंसा नै हो।'
छिन्ताङ जाल्पादेवीमा महिलालाई प्रवेश गर्न नदिएको सदियौं भयो। विभिन्न गैरसरकारी संघसंस्थाले मन्दिर प्रवेश गर्ने कार्यक्रम चलाए पनि छिन्ताङ जाल्पादेवी मन्दिरमा भने महिलाले मन्दिर परिसरबाहिरै पूजा गर्नुपर्ने बाध्यता छ।
मन्दिरको प्रवेशद्वारमै १० वर्षभन्दा बढी उमेरका महिलालाई प्रवेश निषेध भन्ने सूचना टाँसिएको छ। सूचनामा छ, 'सूचनाको बेवास्ता गरेर प्रवेश गरे त्यसबाट हुने क्षतिको जिम्मेबार आफैँ हुनुपर्छ।'
तीन सय वर्षअघि स्थापित छिन्ताङ जाल्पादेवी पूर्वमा प्रसिद्ध देवी मन्दिर हो। यसलाई रक्षक देवीको रुपमा पूजा गर्ने चलन छ।
पुस्तौं पहिलेदेखि चलिआएको चलन र मिथकका आधारमा यस्तो सूचना लेखिएको मन्दिरका पूजारी डगेन्द्र नाक्छोङ राईले बताए। 'महिला मन्दिर प्रवेश गरे देवी रिसाउने र बिरामी हुने मिथक छ,' उनले भने, 'यहाँ महिलालाई मात्र होइन, दलित समुदायलाई समेत प्रवेश गर्न दिइँदैन।'
बाहिरबाट आएका दलित झुक्याएर मन्दिरभित्र प्रवेश गरे पनि स्थानीय दलित पस्दैनन्। पुजारीले गाउँका दलितलाई चिन्ने भएकाले प्रवेश गर्नै नदिने गरेको स्थानीय सोमबहादुर नेपालीले बताए।
नेपालको अन्तरिम संविधान, मुलुकी ऐन र विभिन्न समयमा बनेका ऐनले सार्वजानिक स्थलमा जात, धर्म, वर्ण र लिंगका आधारमा विभेद गर्न नपाइने र विभेद गरे छ महिनासम्म कैद र २५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी ब्यवस्था छ।
यस विषयमा उजुरी परे कारबाही गर्न सकिने धनकुटाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। 'यस विषयमा २०५८ सालमा केही उजुरी परेको देखिए पनि पछिल्लो पटक कुनै उजुरी आएको छैन,' प्रजिअ पराजुलीले भने।
२०५८ सालमा गैरसरकारी संस्थाहरुको पहलमा दलित र महिलाले मन्दिर प्रवेश गरे पनि आन्दोलन त्यत्तिकै सेलाएको दलित एकता समाज धनकुटाका सदस्य नैन विश्वकर्माले बताए।
आइतबार र औंसीबाहेक सबै दिन पूजा लाग्ने यस मन्दिरमा बोका, कुखुरा, परेवा र अण्डाको पूजा हुने गरेको छ।
source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login