फेसबुक प्रयोग गर्ने महिलाको प्रेमतिर झुकाव : अध्ययन

न्युयोर्क - एक अध्ययनले फेसबुकजस्ता मिडिया वेवसाइटले मानिसको व्यक्तिगत सम्वन्धलाई कमजोर पार्नुको साटो त्यसलाई विभिन्न उमेरसमूहबीच अझ बलियो बनाउने देखाएको छ। प्रविधितले मानिसलाई असामाजिक बनाइरहेको तर्क चलिरहँ नेटवर्किङ साइटबारे यस्तो धारणा सार्वजनिक भएको हो। 
फेसबुकको तिब्रतर प्रयोगले विश्वका ५० करोड मानिस यसको सञ्जालमा समेटिएका छन्। यति धेरै संख्यामा मानिसहरु वेवसाइटमा समेटिँदा त्यसले नकारात्मक प्रभाव पार्नेबारे चर्चा हुँदै आएको थियो। तर युनिभर्सिटी अफ टेक्ससले फरक निश्कर्षसहितको रिपोर्ट बाहिर ल्याएको छ।
'हाम्रो अध्ययानले मानिसहरुबीच आमनेसामने छलफल गर्ने कुरालाई फेसबुकले बढाएको देखिएको छ,' रेडियो, टिभी र फिल्मका सह प्राध्यापक क्रिग वाटकिनले भने, 'यसले त झन नयाँ अनुभवसहितका मित्र बनाउने र सामाजिकता बढाउने गरेको छ।'

युनिभर्सिटी अफ टेक्ससका अनुसन्धाताहरुले ९ सय जना कलेजका विद्यार्थीहरुबीच फेसबुकको प्रयोगबारे प्रश्नावली विधिबाट सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा सहभागी ६० प्रतिशतले फेसबुकमा स्टाटस अपडेट गर्ने काम सबैभन्दा लोकप्रिय रहेको बताए भने ४९ प्रतिशतले साथीहरुको स्टाटसमा कमेन्ट लेख्नुलाई लोकप्रिय रहेको जानकारी दिए।

'फेसबुक प्रयोग गर्ने आधारहरु हामीले फरक फरक पायौं। यसको प्रयोग गर्ने महिलाहरु प्रेमतिर झुकाब राख्‍ने र सम्वन्ध विकास गर्न चाहने खालका हुन्छन्,' वाटकिनले भने, 'पुरुषहरुले यसलाई व्यवहारिक प्रयोगका लागिमात्र लिने गरेको देखियो।' 

उनका अनुसार महिलाहरु धेरैजसो सामाजिक भेटघाटका तस्बिर फेसबुकमा अपलोड गर्ने पाइए भने पुरुषहरु आफ्नो रुचि या राजीतिक या लोकप्रिय संस्कृतिबारेका लिंक अपलोड गर्ने भेटियो।
source:nagariknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login