बि-बोइङमा मन बस्यो {कला}

काठमाडौ, मंसिर १४  - 
कमलपोखरीस्थित सिटी सेन्टरका लिफ्ट र स्कालेटर -विद्युतीय भर्‍याङ) सदाझैं आइतबार साँझ पनि तल-माथि गर्दै मानिस ओसारिरहेका थिए । फरक के थियो भने ती खचाखच भरिएका लिफ्ट र स्कालेटरका मानिस छेउछाउका पसलमा झुन्ड्याइएका सुन्दर लत्ताकपडातिर भन्दा भुइँतल्लातिर एकोरिएका थिए, जहाँ एक हुल तन्नेरीहरू बि-बोइङका अनेक तमासा देखाउन तल्लीन थिए । 


हिप-अप म्युजिक र दर्शकको हुटिङबीच सिटी सेन्टरको ग्राउन्ड फ्लोरमा एक-अर्कालाई चुनौती दिँदै बि-बोइङ गरिरहेका बि-ब्वाई समूहलाई नहेरी बस्नेहरू विरलै थिए । टाउको भुइँमा टेकेर फनफनी घुमेको, रोबोटझंै इलेक्ट्रो म्युजिकमा टक्क रोकिएको या एक हातको सहारामा पूरै शरीर अड्याएर म्युजिकको ताल पछ्याइरहेको नृत्यबाट आँखा हटाउन असम्भव थियो । बेलाबेला देखिने रोचक जिमनास्टिक तथा एक्रोबेटिक मिश्रति 'पावर मुभ्स', 'पि|mजेस' र 'सुसाइड' डान्स शैलीले दर्शक झन् उत्साहित बन्दै गए । 



'कति खतराजन्य हुँदोहरेछ यो नृत्य' लिफ्टमा उभिएर, च्यापिएर या बरन्डामा अडेस लाएर बस्नेहरूबीच चर्चा सुनिन्थ्यो, 'कति खतरा मोल्न सकेको होला ?' यहीबेला एक प्रतियोगी सामान्य दुर्घटनामा परे । रमाइलोका लागि भेलाहरूमा एकछिन् सान्नाटा छायो । सिटी सेन्टरको ग्राउन्ड फ्लोरमा बि-बोइङ प्रतियोगिता भइरहेको थियो, ब्याटल राउन्डमा आ-आफ्नो नृत्यकौशल प्रदर्शनी गरिरहेको बेला चिउँडोमा लागेको चोटबाट चुहेको रगत सफा गर्न केही छिनलाई प्रतियोगिता नै रोक्नुपर्‍यो । तर, दुर्घटनाबाट झस्किएका दर्शकलाई फेरि नृत्यको सुन्दरता देखाउन अन्य बि-ब्वाइज्ले डान्सफ्लोरलाई थप तताइहाले । चौथो तलाको बरन्डासम्म खचाखच दर्शकले फेरि ताली बजाए- 'वान्स मोर, वान्स मोर ।' 



कुनै हलिउड फिल्मको स्टि्रट डान्स प्रतिस्पर्धामा देखिने माहोलझै लाग्ने बि-बोइङ प्रतियोगिताले दुई वर्षअघि मात्र नेपाल भित्रिएको यो स्पोर्ट नृत्य नेपाली दर्शकबीच नौलो नभएको भान पनि दिलाइरहेको थियो । सिटी सेन्टरले आयोजनामा भएको प्रतियोगितामा सहभागी समूहले तीन राउन्डसम्म प्रतिस्पर्धा गर्नुपर्‍यो । 'तन्नेरीहरूमाझ बि-बोइङ चिनाउन र उनीहरूलाई स्थान दिन प्रतियोगत गरेका हौं,' सिटी सेन्टरका ब्रान्ड एक्जुकेटिभ श्रीया शाक्यले भनिन्, 'यो माहौलले हामीलाई साँच्चिकै खुसी दिलाएको छ ।'  



बि-बोइङ समुदायमा बिस्तारै चर्चाको शिखर चढिरहेका समूहहरू उसु बि-ब्वाई, स्याडो एप्स, सुपर ब्वाइज्, स्वाट, स्लामबस्ट बि-ब्वाई, अन्डरग्राउन्ड बि-ब्वाई गरी १६ समूहले प्रतियोगितामा प्रस्तुति दिए । यीमध्ये फाइनल राउन्डमा पुगेका चार समूहले बि-ब्वाई निशान्त गौचनको 'ह्युमन बिटबक्स' म्युजिक तालमा प्रतिस्पर्धा गरे । प्रतियोगितामा उनीहरूले देखाएको फुटवर्क, स्टाइल, पावर मुभ्स, म्युजिक र कोरियोग्राफीका आधारमा विजेता छानिएको थियो । 



सुरुदेखि नै डान्स टेक्निकमा राम्रो प्रदर्शनी गरेको 'क्रु हिमाल'ले सबैलाई उछिन्यो । 'ब्याटल नट्ज क्रु' र 'एभरेस्ट बि-ब्वाई'ले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । यी विजयी समूहले सर्टिफिकेटका साथ क्रमशः सात हजार रुपैयाँका साथ दुई सेट जी फाइभ मोबाइल, पाँच हजार र तीन हजार रुपैयाँ नगद हात पारे । रकमका साथै उनीहरूले थ्रीसिक्स्टी डिग्री गेमिङ जोनबाट प|mी कुपन र फन फ्याक्ट्रीबाट फिल्म टिकट पनि पाए । 



अमेरिकी बि-ब्वाई मोन्टी प्याटरसनले प्रतियोगितामा निणर्ायकको भूमिका निभाएका थिए । दुई वर्षभित्र नेपालमा बि-बोइङले लिएको उचाइदेखि प्रभावित यी अमेरिकी नागरिकले नेपाली बि-ब्वाईहरूमा रहेको लगावको प्रशंसा गर्दै भने, 'उनीहरूमा यो नृत्यप्रति धेरै 'प्यासन' छ ।' केही समययता नेपाल ब्रेकडान्स फाउन्डेसनसँग आवद्ध रहेर नेपालका युवा बि-ब्वाईलाई नृत्य सिकाइरहेका उनले थप सुधारका लागि 'परर्फमेन्स प्रवृत्तिमा ध्यान दिनुपर्ने' सल्लाह पनि दिए
source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login